मनहरीमा ट्रकको ठक्करबाट घाइते भएका विकको मृत्यु

जनपत्र
२ पुष २०७७, बिहीबार १०:२४

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ खरङ्गामा ट्रकको ठक्करबाट घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । हेटौँडा बाट चितवन तर्फ जाँदै गरेको ना ६ ख १३६६ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका मनहरी ९ रजैयाका ४५ बर्षीय कृष्ण बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई मंगलबार साँझ उक्त ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका विकको हेटौंडामा उपचार सम्भब नभएपछि थप उपचारका लागि भरतपुर पठाइएको थियो । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा हिजो राती मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन् । ठक्कर दिने ट्रक तथा चालक मनहरी प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*