एसियन महिला च्याम्पियनसिप खेल्न नेपालले दाबी गर्ने
काठमाण्डाै – एसियन महिला च्याम्पियनसिप खेल्न नेपालले दाबी गर्ने भएको छ । नेपाल भलिबल संघले चीनमा अर्को वर्ष हुने एसियन महिला च्याम्पियनसिपमा नेपालको सहभागिता गराउने निर्णय गरेको हो ।
नेपालको दावेदारीलाई एसियन भलिबल महासंघले स्वीकृति दिएमा प्रतियोगिता खेल्नेछ । प्रतियोगितामा १६ भन्दा बढी टिमले दावेदारी गरेमा नतिजाका आधारमा टिमको छनोट हुनेछ ।






