पत्रकार थापाको हत्यामा संलग्न फरार अभियुक्त पक्राउ

जनपत्र
२ पुष २०७७, बिहीबार ०७:१३

द्वन्द्व कालमा मारिएको दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । थापाको हत्यामा सलंग्न ठहर भएका नौमुले गाउँपालिका–३ द्वारीका ५८ वर्षीया हरिलाल पुनलाई प्रहरीले प्रक्राउ गरेको हो। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा २०७१ मंसिर २१ गते जिल्ला अदालत दैलेखले २ वर्ष कैद भुक्तानका लागि फैसला गरेको थियो ।

तत्कालीन द्वन्द्वका बेला दैलेख सदरमुकामका बासिन्दाको खानेपानी समस्या समाधानका लागि पहल गर्न नौमुलेको द्वारी पुगेका थापालाई माओवादीले अपहरण गरी हत्या गरेको थियो । उनको शव २०६५ साउन २७ गते द्वारी जगंलमा गाडिएको अवस्थामा फेला परेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*