कोरोना भाइरसको उत्पत्तिबारे जान्न विश्व स्वास्थ्य संगठनको टोली चीनको वुहान जाने

जनपत्र
२ पुष २०७७, बिहीबार ०६:५१

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०को टोली चीनको वुहान जाने भएको छ । कोरोना भाइरस सङक्रमणको सुरुवातबारे जान्नका लागि डब्लूएचओको टोली चीनको वुहान जान लागेको हो ।

आउने महिना १० जना वैज्ञानिकको टोली वुहान जाने बीबीसीले जनाएको छ । वुहानमा कोरोना भाइरस उत्पत्तिबारे अध्ययनका लागि संगठन र चीन बीच महिनौँदेखि कुराकानी हुँदै आएको थियो । कोरोना भाइरस सङक्रमणको सुरुवात वुहान शहरबाट भएको मानिन्छ । तर कोरोना भाइरसको सुरुवातलाई लिएर अमेरिका र चीनबीच विवाद भएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले महामारी फैलिएकोबारे जानकारी नदिने कोशिश गरेको आरोप लगाउनुभएको थियो । दोषी खोज्नका लागि नभई कोरोना भाइरस सङक्रमणको सुरुवातमा के भएको थियो रु कसरी(कसरी फैलिएको थियो भन्ने पत्ता लगाएर भविष्यमा खतरा कम गर्न कोशिश गर्ने वैज्ञानिकको टोलीले बताएको खबर उल्लेख छ । डब्लूएचओको टोली चारदेखि पाँच हप्तासम्म वुहानमा रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*