अध्यादेश फिर्ता लिन ओली तयार, विशेष अधिवेशनका लागि निवेदन दर्ता नहुने
काठमाण्डौ – प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्थायी कमिटी बैठकमा सहभागी हुनुभएको छ ।
बुधबार मात्रै दुई पटक दुई अध्यक्षको छलफल भएपछि यस्तो सहमति भएको नेकपा स्रोतले जनाएको छ । बुधबारकाे स्थायी कमिटी बैठकमा छलफल गरेर अध्यादेश फिर्ता गर्न माग गर्ने नेताहरूले तयारी गरेपछि दुई अध्यक्षबीच यस्तो सहमति भएको हो । याे सहमतिसँगै ओली बैठकमा सहभागी भएपछि दुई अध्यक्षबीचको सम्बन्ध केही सुधार हुने अपेक्षा गरिएको छ ।
यसअघिको बैठकमा अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय भए पनि ओलीले अस्वीकार गरेपछि बैठक प्रभावित हुँदै आएको थियो । प्रचण्ड–माधव नेपाल समूहका केही नेता विशेष अधिवेशनका लागि ८० जना सांसदको हस्ताक्षर बुझाउन राष्ट्रपति कार्यालय शितल निवास पुगेका थिए ।






