इजाजतविना औषधि ल्याइ बिक्री वितरण गर्न खोज्ने ८ जना चितवनबाट पक्राउ

जनपत्र
१ पुष २०७७, बुधबार १९:५६

चितवन – इजाजतविना औषधि ल्याइ बिक्री वितरण गर्न खोज्ने ८ जना चितवनबाट पक्राउ परेका छन् ।

भारतबाट तस्कर गरी पर्साको ठोरी हुँदै चितवनको माडीतर्फ ल्याउने क्रममा इलाका प्रहरी कार्यालय माडीले विशेष सुराकीका आधारमा ३१ लाख पाँच हजार ६ सय ३३ रुपैयाँ बराबरको औषधि बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) झलक शर्माको कमाण्डमा गएको टोलीले ना ४ ख ४४२५ नम्बरको गाडी जाँच गर्ने क्रममा अवैध औषधिसहित आठ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले बोरामा लुकाएर ल्याइएको एन्टिअक्सिडेण्ट, शिलाजित, नेट्रोभित्ता, क्याल्सियम आदि लेखेको औषधि बरामद गरेको छ । चितवन प्रहरी प्रमुख नातिराज गुरुङले औषधि व्यवस्था विभागसँग राय सल्लाह लिएअनुसार थप अनुसन्धानको कार्य भइरहेको बताउनुभयो । प्रारम्भिक अनुसन्धानमा नेटवर्किङ व्यापारमा संलग्नहरूले बिक्री वितरणका लागि ल्याएको पाइएको बताउनुभयो ।

प्रहरीले बरामद गरेको औषधि नेपालमा प्रयोगको लागि स्वीकृत नभएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका चिकित्सक देवेन्द्र यादवले बताउनुभयो । पक्राउ पर्नेहरूमा कालिका ४ बस्ने राजकुहार महतो, कालिका ३ का हरिशरण चौधरी, माडी नगरपालिका ३ का बालकृष्ण महतो, मिलन महतो, मकवानपुरगढी गाउँपालिका ८ का सुरज गौतम, वडा नम्रब ३ बस्ने प्रकाश दाहाल, हेटौँडा उपमहानगरपालिका ५ बस्ने उज्जव पोख्रेल र वडा नम्वर २३ बस्ने विपिन सापकोटा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*