नेकपाको अर्को स्थायी कमिटी बैठक ५ गते, केन्द्रीय कमिटी बैठक १० गते
काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने र विशेष अधिवेशनका लागि राष्ट्रपति कार्यालय शीतल निवासमा निवेदन दर्ता नगर्ने सहमति गरेको छ ।
यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नु भएपछि नेकपाका ८३ जना सांसद्को हस्ताक्षरसहितको निवेदन बोकेर भीम राव र पम्फा भुसालसहितका नेताहरू दिनभर शीतल निवासमा बसेका थिए ।
राष्ट्रपति कार्यलयका सचिव हरि पौडेलको पर्खाइमा उनीहरू ६ घण्टासम्म शीतल निवासमा बसेका थिए । अध्यक्षहरूबीच सहमति भएको औपचारिक जानकारी आएपछि आफूहरू निवेदन दर्ता नगरि फिर्ता भएकाे नेता भीम रावलले जानकारी दिनुभयाे ।






