लोथर नजिकै ट्रकमा मोटरसाइकल ठोक्किँदा हेटौंडाका उप्रेतीको मृत्यु

जनपत्र
१ पुष २०७७, बुधबार ०८:४३

हेटौंडा । हेटौंडा–नारायणगढ सडकखण्डको लोथर नजिकै रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

गएराति साढे १० बजेको समयमा सडकमै रोकी राखेको ना ८ ख ५३३७ नम्बर ट्रकमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ३०–३०–१ प ५१३१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ बस्ने ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रवक्ता रानाका अनुसार, दुर्घटनामा गरी गम्भीर घाइते भएका उनको उपचारको लागि भरतपुर अस्पताल लैजाने क्रममा राति नै बाटोमा मृत्यु भएको हो ।

प्रहरीले सडकमा रोकीराखेको उक्त ट्रकलाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*