भारतीय च्यानल रिपब्लिक टीभीका सीईओ पक्राउ

जनपत्र
२९ मंसिर २०७७, सोमबार ०७:०५

मुम्बई प्रहरीले आइतबार रिपब्लिक टीभीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० विकास खनचंदानीलाई कथित टीआरपी घोटाला प्रकरणको सम्बन्धमा पक्राउ गरेको छ । मुम्बईका ज्वाइन्ट कमिस्नर अफ प्रहरीका मिलिंद भरांभेले रिपब्लिक टीभीका सीईओ खनचंदानी पक्राउ परेको पुष्टि गरेका हुन् । खनचंदानीलाई आइतबार नै अदालतमा उपस्थित गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनलाई पहिले पनि यस प्रकरणमा दुई सोधपुछ गरिसकिएको छ ।

अपराध शाखाको जाँचमा केही केबल अपरेटर्सले दुई वटा ल्याण्डिङ च्यानल नम्बर प्रविधि ‘एलसीएन’ को प्रयोग गरिरहेको पत्ता लागेको थियो । यस प्रविधिबाट एउटै च्यानल दुई च्यानल नम्बरमा देख्न सकिन्थ्यो । खनचंदानी पक्राउ परेको विषयलाई लिएर रिपब्लिक टीभीले आलोचना गरेको छ ।

रिपब्लिक टीभीका अधिकारीहरुले केबल अपरेटर्सलाई पनि एलसीएन र एलसीएन प्रवर्द्धनको लागि सम्पर्क गरेका थिए ।खनचंदानी एलसीएन र एलसीएन प्रवर्द्धनको चर्चा हुने रिपब्लिक टीभीको ह्वट्सएपको ग्रुपको एक हिस्सा भएका कारण उनलाई यसबारेमा थाहा भएको बताइएको छ ।

टीआरपी घोटालाको प्रकरण गएको अक्टोबर महिनामा सार्वजनिक भएको थियो । मुम्बई प्रहरीको विशेष जाँच दलले यस प्रकरणमा अहिलेसम्म १३ जनालाई पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*