जाडोमा रोग प्रतिरोधात्मक क्षमता घट्छ !

जनपत्र
२९ मंसिर २०७७, सोमबार ०६:५८

कोरोना संक्रमण जाडो महिनामा अझै धेरै बढ्छ भन्ने हल्लाले पछिल्लो समय धेरैलाई त्रसित बनाइरहेको छ । कोरोनाभाइरस चिसो वा तातो ठाउँमा कति समयसम्म सक्रिय रहन्छ भन्नेबारे विभिन्न संघ संस्थाका फरक फरक अध्ययन रिपोर्ट आए पनि आधिकारिक तथ्य भने अहिलेसम्म बाहिर आएको छैन ।

यद्यपी कोरोना संक्रमण स्वासप्रश्वासँग सम्बन्धित भएकाले यसलाई जाडो महिनामा बढ्ने आकलन धेरैको छ । के आम बुझाइजस्तै जाडोमा कोरोना संक्रमण बढ्ने नै हो त रु यसबारेमा हामीले वरिष्ठ सरुवारोग विशेषज्ञ डा। शेरबहादुर पुन र वरिष्ठ छातीरोग विशेषज्ञ डा। दीर्घसिंह बमसँग सोधेका थियौँ ।

कोरोनाभाइरसको प्रकृति र यसको असरबारे डा।पुन भन्छन्,“संक्रमणको दर मौसमले निर्धारण गर्ने होइन । तर जहाँसम्म कोरोना भाइरसको कुरा छ यो एकदमै अप एण्ड डाउन प्रकृतिको छ । कुन समयमा घट्छ र कुन समयमा बढ्छ भन्ने ठेगान छैन । तर कोरोनासंँग मिल्दोजुल्दो अन्य भाइरसको प्रकृति हेर्ने हो भने यिनीहरु चिसोमा बढी सक्रिय हुन्छन् । त्यस अर्थमा सजग रहन भने जरुरी छ । किनकि विश्वका अन्य मुलुकहरुमा समेत जाडो मौसममा बढी संक्रमित भएका घटना छन् । कारण कोरोना भाइरस मात्रै होइन रुघा खोकी र श्वासप्रश्वाससँग सम्बन्धित जुनसुकै भाइरसले जाडो समयमा चाँडै आक्रमण गर्छ ।”

चिसोमा रोग प्रतिरोधात्मक क्षमता कम हुने हुनाले कोरोनामात्रै होइन जुनसुकै रोगले पनि सजिलै आक्रमण गर्न सक्ने वरिष्ठ छाती तथा निमोनिया रोग विशेषज्ञ डा। दीर्घसिंह बम बताउँन् । उनका अनुसार कोरोनाभाइरस संक्रमितको संख्या आफैँमा बढ्ने होइन जोडोबाट हुने समस्या बढ्ने हो । नेपालमा विशेषगरी हिउँदका तीन महिनामा छाती र श्वासप्रश्वाससम्बन्धी रोग लिएर आउने बिरामीको संख्या अन्यबेलाको तुलनामा उच्च हुन्छ । यसरी निम्तिने समस्याले फोक्सो जोर्नीलगायत शरीरका अन्य भागमा समेत दीर्घकालीन असर पु¥याउँछन् । डा। बमका अनुसार ज्येष्ठ उमेरका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता युवामा भन्दा झन्डै १० गुणाले कम हुन्छ । परिणामस्वरुप उनीहरुलाई थोरै संक्रमणले पनि ठूलो असर गरिरहेको छ ।

अहिलेको अवस्था सरकारले के ग¥यो गरेन भनेर असन्तुष्टि पोख्नेभन्दा पनि नागरिकस्तरबाटै सजग हुने बेला भएको उनको भनाइ छ । “हामीले सामान्य ठानेका समस्याले कहिलेकाहीँ जटिल समस्या निम्त्याउन सक्छन् । यो मौसमा बाहिर निस्कँदा आफ्नो शरीरलाई कसरी न्यानो र सुरक्षित राख्ने, रातको समयमा कति अबेरसम्म बाहिर रहने भन्नेजस्ता सुक्ष्म कुराहरुमा ध्यान दिनसके संक्रमणबाट बच्न सकिन्छ,” उनले भने, “घरमै रहँदा समेत विशेषगरी बालबालिका र ज्येष्ठ व्यक्तिहरुलाई कसरी जोगाउने भन्नेबारे युवा वर्गले सजग हुनु बच्ने उपाय हो । शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु भनेको जुनसुकै रोगको संक्रमणबाट बच्नु हो । त्यसैले जाडो महिनामा कोरोना संक्रमण बढ्छ भन्ने मनसाय दिएर त्रसित नहोऔँ बरु रोग प्रतिरोधात्मक क्षमता कायम राख्नेबारे सजग रहौँ ।” बाह्रखरीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*