नेपालमा कोरोना सङ्क्रमणपछि निको हुने २ लाख ३५ हजार नाघे

जनपत्र
२९ मंसिर २०७७, सोमबार ०६:५७

गएको २४ घण्टामा नेपालमा आठ सय ३० जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ४८ हजार चार सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा पाँच हजार एक सय ८१ जनाको पीसीआर परीक्षण भएकोमा आठ सय ३० जनामा सङ्क्रमण देखिएको हो । नेपालमा अहिले १० हजार नौ सय ९४ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, आइतबार एक हजार पाँच सय जना कोरोना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ३५ हजार सात ३१ पुगेको छ ।

गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण नौ जनाको ज्यान गएको छ । योसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ९८ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*