अमेरिकी बजारमा अर्ग्यानिक उत्पादनको माग, नेपालबाट निर्यातको सम्भावना

जनपत्र
२९ मंसिर २०७७, सोमबार ०६:५६

संयुक्त राज्य अमेरिका अर्ग्यानिक कृषि उत्पादनका लागि आकर्षक बजारमा रूपमा उदाउँदै आएको छ । विगत ५ वर्षको तथ्यांकलाई हेर्दा उक्त अवधिमा संयुक्त राज्य अमेरिकामा उपर्युक्त उत्पादनको आयातमा औसत वार्षिक वृद्धिदर करीब ८ प्रतिशत जति देखिएको छ ।

संयुक्त राज्य अमेरिकामा आयात भएका कृषिजन्य अर्ग्यानिक उत्पादनहरूमा कफी, केरा, ओलिभ तेल, ब्लुबेरी, भटमास, खुर्सानी, स्याउ, बदाम, वाइन, चिनो, चिया, आँप, नास्पाति, अदुवा, मैदा, गहुँ, कागती, केराउ, झुसेतिल, भटमासको पीठो, लसुन, क्विन्सेज प्रमुख रूपमा रहेका छन् । उपर्युक्त सूचीमा रहेका वस्तुमध्ये ब्लुबेरी, बदाम, स्क्वासबाहेकका अधिकांश वस्तु नेपालमा अर्ग्यानिक रूपमा उत्पादन गरी अमेरिकी बजारमा निर्यात गर्न सकिने प्रचुर सम्भावना रहेको देखिन्छ ।

बजार आकर्षक भए तापनि सो बजारको शर्तअनुसार नेपालबाट अर्ग्यानिक वस्तुहरू निर्यात गर्न अनेकौं अप्ठ्यारा चुनौतीहरू रहेका छन् । पहिलो चुनौती भनेको बजारको मागअनुसार अग्र्यानिक वस्तुहरू उत्पादन गर्नु नै हो । तर, नेपालमा दिनप्रतिदिन रासायनिक मल, रासायनिक विषादी र वर्णसंकर बीउहरूको प्रयोग अन्धाधुन्ध रूपमा बढिरहेकोे छ । हाल तराई, मैदान र शहरी इलाकामा व्याप्त यो प्रचलन भविष्यमा नेपालका दुर्गम क्षेत्रमा प्रसार हुने निश्चितजस्तै छ । रैथाने बीउको अनुपस्थिति तथा वर्णसंकर बीउको स्थापनसँगै रासायनिक मल र रासायनिक विषादी नेपाली कृषिक्षेत्रका लागि अनिवार्य तत्त्वका रूपमा स्थापित हुने पनि निश्चित छ । यस अवस्थामा नेपालमा अग्र्यानिक उत्पादनको वातावरण सदाका लागि समाप्त हुने खतरा बढेर गएको छ । यसरी नेपालको कृषिक्षेत्रमा अग्र्यानिक उत्पादनको वातावरण कायम राख्नु नै आजको पहिलो र प्रमुख चुनौतीमा रूपमा रहेको छ ।

अग्र्यानिक उत्पादनका लागि सानो क्षेत्र पनि पर्याप्त हुँदैन । एउटा बारीको पाटोमा अग्र्यानिक अर्को बारीको पाटोमा रासायनिक मल र रासायनिक विषादी छर्केर खेती गरिँदा त्यो अग्र्यानिकको परिभाषामा अटाउन सम्भव हुँदैन । यसै गरी एउटा वर्ष रासायनिक मल र विषादी छर्ने अनि अर्को वर्ष त्यही जमीनमा अर्ग्यानिक खेती गर्ने प्रवृत्ति पनि अग्र्यानिक कृषिको परिभाषाभित्र पर्दैन । यसका लागि ठूलो क्षेत्रफलमा ९पानीे ढलो नै ओगट्ने० अर्ग्यानिक खेती हुन जरुरी छ । यसका लागि ठूलो क्षेत्रफलमा जग्गा प्राप्ति र जुन क्षेत्रमा कृषि कार्यका लागि पर्याप्त मजदूर र पूँजीको व्यवस्था गर्नु अर्को प्रमुख चुनौतीका रूपमा रहेको पाइन्छ ।

सो बजारलाई अग्र्यानिक वस्तुको बजार जति आकर्षक छ, त्यत्ति नै कठिन छ अग्र्यानिक वस्तुहरू निर्यातका प्रक्रियात्मक पक्षहरूको पालना गरी बजारमा प्रवेश प्राप्त गर्नु । उत्पादनहरू अग्र्यानिक भएर मात्रै पुग्दैन, ती वस्तु अर्ग्यानिक चरित्रका छन् भनी प्रमाणित गर्ने कार्य जटिल र खर्चिलो रहेको छ । संयुक्त राज्य अमेरिकाको कृषि विभागमा सूचीकृत यस्ता प्रमाणित गर्ने एजेन्सीहरूको संख्या ७७ ओटा रहेको छ । यी कम्पनीले विभिन्न देशका लागि अग्र्यानिक प्रमाणीकरणको कार्य गर्छन् । यसका अतिरिक्त अमेरिकी सरकारले कुन देशको कृषिजन्य उत्पादन आयातका लागि अनुकूल छ भनी बेलाबेलामा देशहरूको सूची जारी गर्ने गर्छ । यो सूचिमा पर्न सम्बद्ध देशहरूले धेरै चरणका प्रक्रिया पार गर्नुपर्ने हुन्छ । अमेरिकी बजारमा अर्ग्यानिक वस्तुहरू निर्यात गर्दा उपर्युक्त व्यवस्थाहरू गर्नु जरुरी छ । यसका साथै ट्रेसेबिलटीको मान्यतालाई पनि सोहीअनुरूप अंगीकार गरिनु आवश्यक छ । उपर्युक्त कार्यहरू नेपालका कृषकको क्षमताभन्दा बाहिरका विषय हुन् भन्दा अत्युक्ति नहोला । तसर्थ अर्ग्यानिक वस्तुको प्रमाणीकरण प्रमुख चुनौतीका रूपमा रहेको पाइन्छ । उपर्युक्त परिस्थितिमाझ भविष्यमा अर्ग्यानिक उत्पादनहरूको बढ्दो मागलाई दृष्टिगत गरी नेपालले पनि अग्र्यानिक उत्पादनको उत्पादन, उपभोग र निर्यातमा आवश्यक प्रबन्धहरू गर्न आवश्यक छ । सिङ्गो नेपाललाई दीर्घकालमा अर्ग्यानिक कृषि देशको रूपमा पहिचान बनाउन संस्थागत, नीतिगत र कार्यक्रमगत व्यवस्थाहरू हुन जरुरी छ । पहिलो चरणमा दुर्गम क्षेत्रलाई रासायनिक मल, रासायनिक विषादी र वर्णसंकर बीउ र नश्लबाट उन्मुक्त गर्दै परम्परागत, जैविक विषादी र रैथाने नश्ललाई प्रवद्र्धन गर्ने गरी अभियान शुरू गरिनुपर्छ । कालान्तरमा यी क्षेत्रको विस्तार गर्दै पहाडी भेग हुँदै मैदान र तराईलाई पनि रासायनिक मल, रासायनिक विषादी र वर्णसंकर बीउ र नश्लबाट उन्मुक्त गर्दै परम्परागत, जैविक विषादी र रैथाने नश्ललाई आम प्रचलनमा ल्याउन आवश्यक छ ।

यसैगरी अग्र्यानिक कृषिको प्रवर्द्धन गर्न आवश्यक संस्थागत व्यवस्था हुन पनि त्यत्तिकै जरुरी छ । प्रयोगशालाको स्तरोन्नत्ति गर्दै यसलाई सम्बद्ध देशहरूमा मान्यता प्राप्त हुने गरी पहल गरिनुपर्छ । देशभित्रको अर्ग्यानिक वस्तुको बजार प्रवर्द्धन पनि बाह्य बजारसँगै समानान्तर रूपमा सञ्चालन हुनुपर्छ । अर्ग्यानिक कृषिलाई आम प्रचलनमा रूपमा स्थापित गर्न आवश्यक दक्ष जनशक्तिको व्यवस्था र जनचेतना प्रवाहमा पनि उत्तिकै ध्यान जानु आवश्यक छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको अर्ग्यानिक क्षेत्रको नियमन र नियन्त्रण पनि हो । अग्र्यानिक कृषिको आवरणमा मापदण्डविपरीत वस्तुहरू उत्पादन गरी वास्तविक अग्र्यानिक वस्तुहरूको पनि बदनाम गर्न सक्ने प्रवृत्तिलाई नियमन र नियन्त्रण गर्न दक्ष र सद्चरित्रयुक्त जनशक्तिको विकास हुन पनि त्यत्तिकै जरुरी छ । सम्बद्ध देशहरूमा नेपाली अर्ग्यानिक उत्पादनहरूलाई मान्यता प्रदान गर्न आवश्यक पर्ने शर्तहरू पूरा गर्न चाहिने साधनस्रोतको व्यवस्था गरिनुपर्छ । अमेरिकास्थित नेपाली कूटनीतिक नियोगहरू, अमेरिकी विकास सहायता तथा अमेरिका बसोवास गर्ने गैरआवासीय नेपालीहरूलाई यस कार्यमा परिचालन गर्नु अझ बुद्धिमानी हुने देखिन्छ । सबैभन्दा महत्त्वपूर्ण विषय भनेको नेपाली अर्ग्यानिक कृषिमा अमेरिकी लगानीलाई भित्र्याउनुपर्छ ता कि गुणस्तर र बजारसम्बन्धी अमेरिकी चासोलाई धेरै हदसम्म सम्बोधन गर्न सकियोस् ।

यसरी उपर्युक्त उपायहरू अवलम्बन गरी सिङ्गो देशलाई नै अर्ग्यानिक कृषि देशको पहिचान बनाउँदै अमेरिकी अग्र्यानिक कृषि बजारमा नेपालको उपस्थिति बलियो बनाउन सकिन्छ ।

अभियानडेलीबाट साभार (लेखक व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् )

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*