जलवाष्पयुक्त हावा आउन छाड्यो, प्रदेश १ को पहाडी भेगमा पानी पर्ने सम्भावना

जनपत्र
२८ मंसिर २०७७, आईतवार ०६:४७

केही दिनदेखि नेपाल भित्रिरहेको दक्षिणपूर्वी अरेबियन सागरबाट जलवाष्पयुक्त हावा आज ९सोमबार० बाट आउन बन्द भएको मौसम पूर्वानुमान महाशहाखाले जनाएको छ। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। जसका कारण आज राति प्रदेश १ को पहाडी भेगमा एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

मंसिर २८ गते ‘आइतबार’

दिउँसो : प्रदेश नं १, ३, तथा सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक बदली रहनेछ।

राती : प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १ को पहाडी भू(भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत छ।

मंसिर २९ गते ‘सोमबार’

दिउँसो : देशको पहाडि भू(भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।

मंसिर ३० गते ‘मंगलबार’

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ।

राती : देशको पहाडि भू-भागहरुमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

तराईका अधिकांश भूभागमा बिहानीपख वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ। नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*