युवतीको विषयलाई लिएर साथीको हत्या, एकजना पक्राउ

जनपत्र
२७ मंसिर २०७७, शनिबार १८:११

काठमाण्डाै – सिन्धुलीको फिकल घर भइ ललितपुरको चापागाउँ बस्ने नारायण श्रेष्ठलाई कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा उदयपुरको रौतामाई घर भएका मिलन रानामगरलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ । युवतीको विषयलाई लिएर बिहीबार राति रानामगरले कुटपिट गरेको र त्यसपछि श्रेष्ठ हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाँउबाट खटिएको प्रहरीले मिलनलाई पक्राउ गरेको थियो ।

रानाको बयानको आधारमा खोजी गर्दा नारायण श्रेष्ठको शव तोरीबारीमा भेटिएको थियो । हत्या भएका श्रेष्ठ र अभियुक्त मिलन​ रानामगर साथी भएको पनि प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*