सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस
डोटी – सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्प गएको छ ।
डोटी सहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महसुस भएको छ । भूकम्पको धक्काले निकै हल्लाएपछि डोटीको दिपायल तथा सिलगढीका नागरिकहरु घर बाहिर निस्किएका थिए । भूकम्पले अहिले सम्म क्षति भएको खबर प्राप्त नभएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।






