फिफाको वर्ष खेलाडीमा रोनाल्डो, मेस्सी र लेवान्डोस्की मनोनित
काठमाण्डाै – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीमा मनोनयन सार्वजनिक गरेको छ ।
लेवान्डोस्कीले पछिल्लो सिजन बायर्न म्युनिखलाई युरोपको सर्वोत्कृष्ट सफल क्लब बनाउन भूमिका खेलेका थिए भने रोनाल्डोले गएको सिजन इटालियन क्लब युभेन्ट्सबाट लिग उपाधि जितेका थिए । लियोनल मेस्सीले पनि युरोपेली फुटबलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।






