देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली, पहाडी भूभागका केही ठाउँमा पानी पर्ने

काठमाण्डौ – आज पहाडी भूभागका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । यस्तै हिमाली भूभागमा हिमपात र तराईका धेरैजसो ठाउँमा हुस्सु लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भूभागमा हल्का पानी पर्ने र प्रदेश १ को पहाडी भूभागका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । यस्तै आज राति प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेश तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
हिमाली भूभागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश १ का केही पहाडी भूभागमा हल्का पानी पर्ने सम्भावना रहेको छ ।