शनिबार काठमाण्डाैका विभिन्न ठाउँमा बिजुली काटिने

जनपत्र
२७ मंसिर २०७७, शनिबार ०७:४४

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणले शनिबार काठमाण्डाैका विभिन्न ठाउँमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालकाअनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नुपर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो ।

यस सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पुरानो एयरपोर्ट, लुभूलगायतका ठाउँमा विद्युत् कटौती हुने भएको छ । प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसबारमा मर्मत गर्न लागेको छ । प्राधिकरणले विद्युत् कटौती हुँदा पर्ने असुविधाप्रति उपभोक्तासँग क्षमा माग्दै निर्धारित कार्य समय अगाडि नै काम सकिएको खण्डमा विद्युत् प्रवाहसमेत हुनसक्ने जनाएको

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*