कोरोनाको कारण हेटौंडाका ८५ वर्षिय पुरुषको मृत्यु

जनपत्र
२७ मंसिर २०७७, शनिबार ०७:३९

हेटौंडा । कोरोना भाइरस संक्रमणको कारण हेटौंडा उपमहानगरपालिकाका एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उपमहानगरपालिकाको वडा नंबर ५ का ८५ वर्षीय वृद्ध रहेका छन् । उनको उपचारको क्रममा गएराति भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

अस्पताल अनुसार उनलाई मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई मंसिर २५ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उनलाई सोहि दिन कोभिड आईसीयूमा राखि उपचार सुरु गरिएको थियो । उनको उपचारको क्रममा गएराति मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*