अन्तराष्ट्रिय स्तरमै चर्चा कमाउने मुकाम बनाउँछौं : पोखरेल

जनपत्र
२६ मंसिर २०७७, शुक्रबार ०६:२५

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको स्थायी मुकाम अन्तराष्ट्रिय स्तरमै चर्चा कमाउने गरि संरचना निर्माण गर्न थालिएको बताएका छन् । दाङ देउखुरीस्थित राप्ती गाउँपालिकाको खोलामा निर्माण हुन लागेको पुल सिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “नेपालमा मात्रै होइन्, अन्तराष्ट्रिय स्तरमै सुन्दर राजधानी लुम्बिनी प्रदेशको छ, भन्ने बनाउन चहान्छौं ।”

प्रदेशको स्थायी राजधानीका लागि गुरुयोजना बनाएर व्यवस्थित सहर बनाउने तयारी थालिएको भन्दै उनले यसका लागि स्थानीयले पूर्ण सहयोग गर्नुपर्ने बताए । गुरु योजना निर्माण भएपछि विकास सबै गुरुयोजनाले नै गर्ने उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*