भारतका चर्चित डान्सर अस्ताद देबुकाे निधन

जनपत्र
२६ मंसिर २०७७, शुक्रबार ०६:२०

भारतका चर्चित डान्सर अस्ताद देबुको निधन भएको छ। उनको परिवारले सामाजिक सञ्जालमार्फत ७३ वर्षका देबुको निधन भएको जानकारी दिएका हुन्। उनी केही समयदेखि बिरामी थिए।

नृत्यका कारण देबु हजारौँ फ्यान बनाउन सफल भएका थिए। देबुको जन्म १९४७ जुलाई १३ मा भएको थियो। उनले पुरानो र आधुनिक शैली मिलाएर नृत्यको नयाँ शैली विकास गरेका थिए।

७० भन्दा बढी देशमा उनले एकल, सामूहिक र युगल नृत्य प्रस्तुति दिएका थिए। उनले सन् १९९५ मा ‘संगीत नाटक अकादमी’ पुरस्कार तथा २००७मा ‘पद्यश्री’ सम्मान पाएका थिए। उनको निधनले शास्त्रीय र आधुनिक नृत्य क्षेत्रमा ठूलो क्षति पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*