संसदीय समितिको निर्णय बेवास्ता गर्दै विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

जनपत्र
२६ मंसिर २०७७, शुक्रबार ०६:०२

सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक ‘डीआईजी०’विश्वराज पोखरेललाई अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा गर्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले उज्यालोलाई जानकारी दिए ।

यसअघि मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको सङ्गठनात्मक संरचना ९ओ एण्ड एम० स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी थप्ने निर्णय गरेको थियो । एआईजीको थपिएको दरबन्दीमा पोखरेलको नाम सिफारिस भएको थियो ।

संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले बुधबार एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियो । समितिको निर्देशनलाई बेवास्ता गर्दै सरकारले पोखरेललाई बढुवा गर्ने निर्णय गरेको हो । गृहमन्त्रीलाई नै थाहै नदिइ उपप्रधानमन्त्री ईश्वर पोखरेलको दबाबमा एआईजी बढुवा गरिएको भन्दै आलोचना भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*