मकवानपुरका स्थानीय तहमा कर्मचारी अभाब र टुक्रे योजनाको समस्या

हेटौंडा / मकवानपुरका स्थतानीय तहहरुमा साना –साना टुक्रे योजनाहरु धेरै भएको पाइएको छ । जिल्ला समन्वय समिति मकवानपुरले मकवानपुरका सातवटा स्थानिय तहमा गरेको अनुगमनपछी सबै स्थानयि तहहरुमा साना योजनाले ठुला खालका योजनाहरु धेरै भएको पाइएको हो । गाउँका सबै स्थानिय तहमा कर्मचारी अभाबको समस्याको बिचमा साना टुक्रे योजानका कारण ठुला योजनामा ध्यान कम गएको पाइएको हो । २० हजार रुपैयाँ देखि करोड सम्मका योजनाहरु मकवानपुरका गाउँपाकिला र थाहा नगरपालिकामा संचालनमा छन् । साना योजनालाई पनि उत्तिकै कर्मचारी लाग्ने भएकाले थप समस्या देखा परेको अनुगमनको नेतृत्व गर्नुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाले बताउनुभयो ।
सबैजसो स्थानिय तहले चालु आर्थिक बर्षको अब करिब तीन महिना मात्र बाँकी रहँदा पुँजीगत खर्च भने कमै मात्र गरेको पाइएको छ । धेरै स्थानिय तहले चैतको अन्त्य हुन लाग्दा समेत योजनाहरुको संझौता हुन बाँकी रहेको छ । जनप्रतिनिििध आएपछी पनि आर्थिक बर्षको अन्त्यमा योजनाको संझौता गर्ने र कार्यनयन गर्ने परिपार्टी दोहोरीने देखिएको छ । समन्वय समितिले मकवानपुरको राक्सीराङ, बकैयाँ, कैलाश गाउँपालिका, बागमती गाउँपालिका, भिमफेदी गाउँपालिका, ईन्द्रसरोबर गाउँपालिका र थाहा नगरपालिकाको अनुगमन गरेको प्रमुख खुलालले बताउनुभयो । योजनाहरुको संझौता गर्दा अझै पनि बिकाश निर्माण भनेको भौतिक पुर्बाधार बिकाशको कामलाई स्थानिय तहहरुले बढी जोड दिएका छन् । समग्र गाउँपाकिलाकाका नागरिकको जिवन स्तर उकास्ने कामलाई भन्दा पनि भौतिक पुर्बाधार बिकाशको कामलाई बढी जोड दिएको पाइएको खुलालले बताउनुभयो ।
अहिलेको समयमा भौतिक पुर्बाधार किाशको काम संगै मानबयि चेतना उकास्ने कामलाई पनि जोड दिनुपर्ने उहाँले बताउनुभयो । कर्मचारी अभाबका कारण स्थानिय तहहरुमा निकै समस्या भएको र समायोजनबाट पनि कर्मचारी नआएकोले काम अगाढी बढाउनका लागि समस्या भएको पाइएको जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनीले बताउनुभयो ।
स्थानिय तहको अनुगमन गर्दा ठुला पुर्बाधारमा सडक, खानेपानी, भवन निर्माण लगायतका क्षेत्रमा अनुगमन गरिएको जिल्ला समन्वय समिति उपप्रमुख पुणासैनीले बताउनुभयो । बिकाश निर्माणको पुँजीगत खर्च भने सबै स्थानिय तहमा कम मात्र भएको पाइएको छ । स्थानिय तहहरुले प्राकृतिक श्रोतमाथीकबो संरक्षण गनुपर्ने सुझाब अनुगमन टोलिले दिएको छ । अनुगमनमा जिल्ला समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय समन्वय समितिका सदस्य बुद्धी मोक्तान लगायतकाको सहभागिता रहेको छ ।