शिक्षक हत्याकाे घटनालाई लिएर मानव अधिकार आयाेगकाे ध्यानाकर्षण
काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले मोरङको मिक्लाजुङ गाउँपालिका १ मा हिजो सरस्वती आधारभूत माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्रकुमार श्रेष्ठको हत्याको घटना सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘नेपालको संविधानले सबैलाई विचार तथा अभिव्यक्तिो स्वतन्त्रता र सम्मानपूर्वक बाँच्न पाउने हकको सुनिश्चितता गरेको छ । कुनै पनि व्यक्तिलाई विचार, आस्था र आशङ्काको आधारमा स्वेच्छाचारी रुपमा पक्राउ गर्ने र यातना दिने काम नगर्न र घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन आयोग सरकारलाई आग्रह गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
मङ्गलबार बिहान सात बजेको समयमा आएका विप्लव समूहले प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेका हुन् । विप्लव समूहले यस हत्याकाे जिम्मा लिइसकेकाे छ ।