बागमती प्रदेशमा कुल संक्रमित मध्यमा ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिलामा कोरोना

जनपत्र
२४ मंसिर २०७७, बुधबार ०७:४५

हेटौंडा । बागमती प्रदेशमा कोरोना भाइरसबाट संक्रमण हुनेहरुमा महिलाको तुलनामा पुरुष धेरै रहेका छन् । कुल संक्रमित मध्यमा पुरुषमा धेरै संक्रमण रहेको हो ।

प्रदेशमा हाल सम्म देखा परेका कोरोना संक्रमित मध्यमा ६१ दशमलब ७ प्रतिशत पुरुष र ३९ दशमलब ३ प्रतिशत महिला रहेको प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डाक्टर पुरुषोेत्तम सेढाईले वताउनुभयो ।

महिलाको तुलनामा पुरुषहरु घरबाहिर निस्कने, भीडभाडमा जाने भएकाले पुरुषमा बढी कोरोना संक्रमण फैलिएको स्वास्थ्यकर्मीहरु वताउँछन् ।

सबै भन्दा धेरै २१ देखि ६० वर्ष उमेर समुहकामा कोरोना पुष्टि भएको उहाँले वताउनुभयो । त्यसपछी ६० वर्ष भन्दा माथीका व्यक्तिमा कोरोना संक्रमणको दर बढेको छ । १० वर्ष मुनीका बालबालिकालाई कोरोना संक्रमण अत्यन्त कम रहेको छ । त्यसपछी ११ बर्ष देखि २० वर्ष उमेर समुहकामा पनि कोरोना संक्रमण दर कमै रहेको तथ्याङकले देखाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*