विधुत प्राधिकरण हेटौंडाद्वारा स्मार्ट मिटर बितरण गरिदै

जनपत्र
२३ मंसिर २०७७, मंगलवार १०:४८

हेटौंडा/ नेपाल विद्युत् प्राधिकरण हेटौंडा बितरण केन्द्रले पुरानो मिटरको साटो धमाधम ‘स्मार्ट’ मिटर जडान गर्दै आएको छ । घरघरमा रिडिङ गर्न नपर्ने गरी प्राधिकरणले स्मार्ट मिटर फेर्न थालेको हो ।

स्मार्ट मिटर जडानस“गै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनईए’ कार्यान्वयनतर्फ गएको छ । यसले समग्र बिजुली प्रसारण तथा खपतको क्षेत्रमा आधुनिक प्रणाली स्थापना गर्न समेत मद्धत मिल्ने अपेक्षा गरिएको छ ।

प्राधिकरणका थ्रीफेज र सिंगल फेज गरी दुई किसिमका मिटर रहेको र सिंगल फेजमा ७० हजार र थ्रीफेजमा १ हजार २ सय ७१ जनाले सेवा लि“दै आएको विद्युत् प्राधिकरण हेटौंडा प्रमुख योगेन्द्र ठाकुरले बताए । थ्रीफेजका १ हजार २ सय ७१ वटामा स्मार्ट मिटर फेर्न लागिएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले ६ सय ३५ वटा स्मार्ट मिटर फेरिसकेको ठाकुरले जानकारी दिए ।

स्मार्ट मिटर हेटौंडा, बकैया गाउ“पालिका, मनहरी गाउ“पालिका, गढी गाउ“पालिकामा जडान कार्य भइरहेको उनले जनाए । मिटर दिनमा २० देखि ३० वटासम्म फेर्ने काम भइरहेको र यसको काम चा“डै सकिने उनले बताए । स्मार्ट मिटरको विशेषता कार्यालयबाट मिटर
रिडिङ गर्न नपर्ने र बिल ग्राहकको मोबाइलमा म्यासेजमार्फत् आउने उनले जानकारी दिए । कार्यालयले लाइन काट्नु पर्दा घरघरमै जानु नपरी कार्यालयबाट नै काट्ने र सबै काम कार्यालयबाट गर्न सकिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले पूरै स्मार्ट तरिकाले सेवा दिने व्यबस्था मिलाएको र मिटर स्मार्ट भएपछि ग्राहकलाई धेरै सजिलो हुनेछ । रिडिङका विषयमा ग्राहकले बुझ्न नसके पनि मोबाइलको म्यासेजमार्फत् जानकारी लिन सकिने पनि उनले बताए ।

स्मार्ट मिटर जोड्ने क्रममा प्राधिकरणले स्मार्ट मिटर नजोडिएका घरबाट कुनै जरिवना लि“दैन । स्मार्ट मिटर जडानपछि ग्राहक र प्राधिकरण दुवैलाई सहज हुनेछ । सबै क्षेत्रमा स्मार्ट मिटर जडान गरेपछि विद्युत् चुहावटमा कमी आउने दाबी प्राधिकरणको छ । कसैले मिटर बाइपास गरी विद्युत् चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हु“दा चोरी नियन्त्रण प्रभावकारी हुनेछ ।

स्मार्ट मिटरमा एकीकृत लोडमात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हु“दा डिमाण्ड चुहावट नियन्त्रण हुनेछ । थ्रीफेजमा रहेका मिटरलाई स्मार्ट मिटरमा परिवर्तन गरिसकेपछि प्राधिकरणले सिंगल फेजमा रहेका रहेको मिटरलाई पनि स्मार्ट मिटरमा परिवर्तन गर्ने जनाइएको छ ।
मिटर रिडर नपुगे पनि खपत विवरण जानकारी हुने सूचना प्रविधिमैत्री स्मार्ट मिटर जडान बितरण केन्द्रअन्तर्गत् जारी छ । स्मार्ट मिटर जडान गरेपछि रेडियो फ्रिक्वेन्सीकै सहायताले प्राधिकरणले ग्राहकको घरको मिटरको बिलमापन गर्नसक्छ भने ग्राहकले पनि आफ्नो विद्युत् खपतलाई नियन्त्रणमा राख्न सक्ने व्यबस्था छ ।

प्राधिकरणको कन्ट्रोल सेन्टरबाट ग्राहकको घरमा कति बिजुली खपत भएको छ भन्ने डेटा संकलन हुनेछ । एपमार्फत् ग्राहकले विद्युत्सम्बन्धी विवरण पाउन सक्छन् । अझ यसको आकर्षक पक्ष भनेको सौर्यऊर्जा जडान गरेका ग्राहकले आफूस“ग बढी भएको सौर्य विद्युत् प्राधिकरणलाई बेच्नसमेत सक्नेछन् ।

ग्राहकले आफू जुनसुकै स्थानमा भए पनि आफ्नो घरको विद्युत् खपतको अबस्था जानकारी मोबाइलबाट लिन सक्छन् । रिमोटबाट विद्युत् सेवा बन्द गर्न वा सुचारु गर्नसक्ने सुविधा पनि यसमा उपलब्ध हुन्छ । यसबाट रियलटाइम खपतसमेत ग्राहकले देख्न पाउ“छन् ।
विद्युत् प्राधिकरणलाई विद्युत् चुहावट नियन्त्रणका लागि पनि यस्तो प्रकारको मिटर उपयोगी हुन्छ । स्मार्ट मिटर आएपछि मिटररिडर कटौती हुनुका साथै त्यसमा लाग्ने खर्चसमेत बचत हुनेछ ।

अत्याधुनिक सञ्चार प्रणालीमार्फत् कार्यालयबाटै ग्राहकको घरको विद्युत् प्रयोगको अनुगमन, नियन्त्रण र व्यबस्थापन गर्ने काम थालिएको हो । यसबारे अध्ययनका लागि केही प्राविधिक कर्मचारी चीन गएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*