पत्रकार आचारसंहिता र लैङ्गिक हिंसा निवारणमा मिडियाको भूमिका विषयक हेटौँडामा अन्तरक्रिया
हेटौँडा । मकवानपुरमा कार्यरत पत्रकार र सञ्चार माध्यमले आचारसंहिता पालना गरेर काम गरिरहेको आज हेटौंडामा आयोजित कार्यक्रमका सहभागिहरुले वताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजना र पत्रकार महासंघ मकवानपुरको संयोजनमा काउन्सिल प्रतिनिधि र मकवानपुरे पत्रकार बिच अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले कुनैपनि अभियानमा मात्र भन्दा पनि जुनसुकै समयमा पनि लैङ्गक हिंसाका विषयमा समाचार लेखिएको वताएका हुन् ।
हेटौँडामा पत्रकार आचारसंहिता र लैङ्गिक हिंसा निवारणमा मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको प्रेस काउन्सीलका सदस्य संगिता खड्काले गर्नुभयो । कार्यक्रममा बोल्दै प्रेस काउन्सीलका सदस्य संगिता खड्काले सञ्चार माध्यममा देखा परेका समस्या समाधान गर्दै जाने वताउनुभयो । सबैका समस्या समाधान गर्नका लागि लागिने उहाँले वताउनुभयो । पत्रिका बर्गिकरण र बर्गिकरणको रकम भुक्तानीमा परेका समस्या पनि समाधानका लागि पहल गरिने उहाँले वताउनुभयो ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुरुषोत्तम सुबेदी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, ब्रोकाष्टिङ एसोसीएसन अफ नेपाल (वान) का केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाई, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी लगायतकाले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा काउन्सिलकी मिडिया अनुगमनकर्ता सम्झना पौडेलले काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिताको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा प्रेस काउन्सिलका शाखा अधिकृत विष्णु लम्साल,पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, प्रेस संगठनका केन्द्रीय सदस्य शिबकुमार काशी, पत्रकार महासंघ बागमती प्रदेशका सल्लाहकार गिरीजा अधिकारी, मकवानपुरमा रहेका विभिन्न संचारमाध्यममा आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी पत्रकारले प्रेस काउन्सिलको भुमिका र काउन्सिलले गर्ने मिडिया मोनिटेरीङ्ग र त्यसको प्रभावकारीताको बारेमा चर्चा गरेका थिए।






