बागमती प्रदेशमा १२५ जनाको आइसीयु र ३१ जनाको भेन्टिलेटरमा उपचार हुँदै

जनपत्र
२२ मंसिर २०७७, सोमबार ०६:१३

हेटौंडा । बागमती प्रदेशमा कोरोना भाइरस (कोभड– १९) को संक्रमणबाट गम्भिर विरामी हुनेको सख्या दिनहुँ बढ्दै गएको छ । कोरोना कारण बागमती प्रदेशका काठमाण्डौ उपत्यका र चितवन लगायतका क्षेत्रका अस्पतालमा उपचार हुने विरामी बढ्न थालेका हुन् ।

यस प्रदेशमा काठमाण्डौ उपत्यका र बाहिरका जिल्ला समेतगरी १ सय २५ जनाको आइसीयुमा राखेर उपचार भइरहेको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाइले वताउनुभयो ।

यसैगरी कोरोनाका कारण चिन्ताजनक अवस्थामा रहेका ३१ जना विरामीको काठमाण्डौ उपत्यका र उपत्यका भन्दा बाहिरका जिल्लामा भेन्टिलेटरमा उपचार भइरहेको उहाँले वताउनुभयो । कोरोनाका कारण हिजो एकै दिन यस प्रदेशमा ११ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*