काठमाण्डौमा पनि विद्यालय खुल्न थाले, केही पालिकामा भने तत्काल नखुल्ने
काठमाण्डाे – कोरोना संक्रमणको जोखिम कम भएका ठाउँमा विद्यालयहरु खुल्न थालेका छन् । सरकारले कोरोनाको जोखिम कम भएका ठाउँमा पालिकासँगको समन्वयमा विद्यालय खोल्ने निर्णय गरेपछि विद्यालय सञ्चालनमा आउन थालेका हुन् ।
विद्यालय खोले पनि पूरै पढाइ भने नभएको उहाँले बताउनुभयो । बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म स्कुल खुल्छन् । एउटा कक्षालाई तीन वटा सेक्सन बनाएर राख्ने गरिएको उहाँले बताउनुभयो । एउटा बेञ्चमा २ जना विद्यार्थी मात्र राखिन्छ ।
मास्क अनिवार्य गरिएको छ । हात धुनका लागि साबुन पानी र स्यानिटाइजरको पनि व्यवस्था गरिएको छ । विद्यार्थीलाई खेल्न दिइएको छैन । अहिले पनि झण्डै ७५ प्रतिशत विद्यार्थी उपस्थित हुने गरेका उहाँले बताउनुभयो । एक दिनमा एउटा कक्षाका विद्यार्थीलाई मात्र बोलाइन्छ ।
मानन्धरका अनुसार लामो समय विद्यालय बन्द हुँदा वैकल्पिक माध्यमबाट पढाइलाई निरन्तरता दिन कठिन भयो । ‘सबैको पहुँचमा ल्याप्टप, कम्प्युटर, मोबाइल तथा इन्टरनेट भएन । त्यही भएर स्कुल खोल्नुको विकल्प भएन र स्कुल सञ्चालन गर्यौं’ प्रधानाध्यापक मानन्धरले भन्नुभयो । विद्यालय खुलेपछि विद्यार्थीहरु खुसी भएका र अभिभावक पनि मानसिक रुपमा आफ्ना बालबालिकालाई स्कुल पठाउन तयार रहेको उहाँले बताउनुभयो ।






