बुटवलमा गोली चल्यो, एक जना घाइते

जनपत्र
२१ मंसिर २०७७, आईतवार १२:००

रुपन्देही – बुटवलको सुख्खानगरमा रहेको एक होटेलमा गोली चलेको छ ।

तस्करहरु बसेको सूचना पाएर त्यहाँ पुगेको प्रहरीमाथि तस्करले नै गोली चलाएका हुन् ।

गैँडाको खाग तस्करी गर्नेले प्रहरीको पेस्तोल खोसेर हानेको गोली लागेर एक जना तस्कर नै  घाइते भएका छन् ।

कलश होटलमा गैँडाको खाग तस्कर गर्ने समूहले प्रहरीको पेस्तोल खोसेर गोली चलाउँदा भक्तपुर बस्ने राकेश न्यौपाने घाइते भएका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतितसिंह राठौरले जानकारी दिनुभयो

उनलाई उपचारका लागि भैरहवा मेडिकल कलेज लगिएको छ । यस्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तबहादुर थापा र कर्णबहादुर राउतलाई पक्रेको प्रहरीले जनाएको छ । बिहान विशेष सुराकीको आधारमा प्रहरी खाग तस्कर बसेको होटलमा पुगेको थियो । गैँडाको खाग प्रहरीले बरामद गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*