सुनको भाउ सामान्य घट्यो, चाँदी स्थिर

जनपत्र
२१ मंसिर २०७७, आईतवार ११:४८

काठमाण्डाै – हप्ताको पहिलो दिन सुनको भाउ दुई सय रुपैयाँले घटेको छ ।

आज सुनको मूल्य तोलामा ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अघिल्लो हप्ता सुनको भाउ तोलामा २२ सय रुपैयाँले बढेको थियो । अन्तर्राष्ट्रिय बजारमा नै भाउमा उतार-चढाव आएकाले नेपाली बजारमा पनि भाउ तलमाथि भइरहेको महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने स्थिर छ । अस्ति शुक्रबार जस्तै आज पनि चाँदी तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*