हेटौंडामा पुरुषको शव फेला
हेटौंडा/ मकवानपुरको हेटौंडामा आज बिहान एक जनाको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ र ५ को बिचमा पर्ने सडुन कोलोनिमा अन्दाजी ४० वर्षको जस्तो देखिने एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शवको सनाखत भने हुन सकेको छैन ।
हाल घटनास्थलमा वडा प्रहरी कार्यालय र जिल्ला प्रहरीको टोली पुगि पुगेको र शवको मुचुल्का उठाउने काम भइरहेको जनाइएको छ ।






