बागमती प्रदेशमा ९३ प्रतिशले कोरोनालाई जिते, ९ हजार २० जना सक्रिय संक्रमित

जनपत्र
२० मंसिर २०७७, शनिबार ०७:४३

हेटौंडा । बागमती प्रदेशमा कोरोना संक्रमण देखिएका धेरै जनाले कोरोना भाइरसलाई जितेका छन् । कोरोना संक्रमण भएका ९३ प्रतिशतले कोरोनालाई जितेका हुन् । अहिले कोरोना संक्रमित ९ हजार २० जना भने उपचाररत रहेका छन् ।

बागमती प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख ३१ हजार ५ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण भएका ९३ प्रतिशत संक्रमितले कोरोनालाई जितेको बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयका कोभिड–१९ का प्रबक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभयो ।

नेपालभरी देखिएका कुल कोरोना संक्रमित मध्यमा यस प्रदेशमा आधा भन्दा धेरै संक्रमित देखा परेका छन् । कोरोना संक्रमणकै कारण यस प्रदेशमा ७ सय ९३ जनाको मृत्यु भइसकेको उहाँले वताउनुभयो ।

बागमती प्रदेशमा हिजो एकै दिनमा एक दिनमा ६ सय ९३ जनामा परिक्षणको क्रममा कोरोना भाइरस संक्रमित देखिएको छ। बागमती प्रदेशमा विदेशबाट फर्कनेसंगै नेपालमै रहेकाहरुमा पनि कोरोना देखिएको छ ।

देखापरेका संक्रमित मध्यमा ७ प्रतिशत उपचाररत छन् । बागमती प्रदेशमा विदेशबाट फर्किएकाहरु भन्दा पनि अहिले स्थानीय समुदायमानै वसेकाहरुमा कोरोना संक्रमण देखापरेको छ । कोरोना संक्रमणबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी पनि प्रभावित भएका छन् । यस प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्यमा ९३ प्रतिशत निको भएर डिस्चार्ज समेत भएका छन् ।

नेपालभरी देखिएका कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु मध्य सबै धन्दा धेरै बागमती प्रदेशमा देखा परेका छन् । अरु प्रदेशको तुलनामा बागमती प्रदेशमा धेरै संक्रमित देखा परेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*