गृहले अनुगमन तीव्र पार्दै

जनपत्र
२० मंसिर २०७७, शनिबार ०६:२५

गृह मन्त्रालयले मातहतका निकायका कामकारवाहीको अनुगमनलाई तिब्रता दिनेभएको छ । आर्थिक वर्ष २०७७-७८ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको शुक्रबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले मातहतका निकायले लिएको जिम्मेवारी र त्यसको कार्यान्वयनको अवस्थाबारे कडाइका साथ अनुगमन गर्न लागिएको जानकारी दिए ।

मन्त्रालयले सातै प्रदेशको अनुगमनका लागि सहसचिवको नेतृत्वमा छुट्टाछुट्टै अनुगमन टोली गठन गरिसकेको छ । मन्त्री थापाले कोरोनालगायतका कारण प्रथम चौमासिकमा अपेक्षित उपलब्धि नदेखिएको समेत जानकारी गराए । उनले मातहतका निकायलाई आगामी दिनमा आफ्ना गतिविधिलाई चलायमान गराउँदै उपलब्धि हासिल गर्नतर्फ लाग्न निर्देशनसमेत दिए ।

उनले भने, “कतिपय कामका लागि छुट्याइएको बजेटको उपयोग भएको देखिएन, कतिपय कामलाई बजेट नपुगेको देखियो, प्रथम चौमासिकको समीक्षा गरिरहँदा दोस्रो चौमासिक योजना सफल पार्न अहिले देखिएका कमीकमजोरी हटाउने योजना बनाउनुहोस् ।” रासस

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*