हेटौंडा अस्पतालको आइसीयु र एचडीयुमा उपचार सुरु

गरिबको उपचारका लागि स्थापना गरिएको कोष प्रभाबकारी वन्दै
जनपत्र
१७ मंसिर २०७७, बुधबार ०६:३६

हेटौंडा । मकवानपुरको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा थप सेवा दिन सुरु गरेको छ । अस्पतालमा सघन उपचार कक्ष आइसीयु र उच्च उपचार कक्ष एचडीयु सञ्चालनमा ल्याइएको हो ।

उद्घाटन् गरेको केही दिनमामानै दुबै कक्षमा उपचार सुरु गरिएको मदन मण्डारी स्वास्थ्य वित्रान प्रतिष्ठानका निर्देशक डाक्टर हरि खड्काले वताउनुभयो । आइसीयुका ७ वेड आज २ जना उपचाररत छन् र एचडीयुका १० वेड आज ६ जना उपचाररत रहेको डाक्टर खड्काले वताउनुभयो ।

निजी अस्पतालका आइसीयु र एचडीयुमा उपचार गर्न नसक्नेहरुलाई अस्पतालले प्राथमिकता दिएको छ । गरिवका लागि उपचार गर्न कोषको समेत स्थापना गरेर काम सुरु गरिएको छ । कोषमा डाक्टर खड्काले आफ्नो एक महिनाको तलब र अन्य सुविधा समेत गरेर ८१ हजार रुपैयाँ जम्मा गर्न लाग्नु भएको छ । त्यसैगरी अस्पताल विकास समितिका अध्यक्ष प्रकास पौडेलले ५० हजार रुपैयाँ, अस्पतालका कर्मचारी हिरा लामाले आफ्नो तलब बराबरको २५ हजार रुपैयाँ जम्मा गर्ने हुनुभएको छ । अस्पतालमा ४ वटा भेन्टीलेटर पनि सञ्चालनमा ल्याइएको छ ।

आइसीयु अभाबका कारण हेटौंडाका निजी अस्पताल र भरतपुर रिफर हुँदै आएका विरामी अब भने हेटौंडा अस्पतालमानै उपचार हुने भएको हो । मदन भण्डारी स्वास्थ्य प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले आइसियु सञ्चालन पश्चात अब निकट भविष्यमा काइडोलोजी र प्याथोलोजी सेवा गरिने बताउनुभयो । प्रतिदिन प्रतिवेड एचडियुको १५ सय लाग्ने, भेन्टीलेटर सहितको आइसियु ४ हजार र विना भेन्टिरलेटरको आइसियु २ हजार प्रतिदिन लाग्ने अस्पताले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*