हेटौंडाको स्मारकमा थपिंदै संरचना, आदिवासी जनजाति संग्रहालय स्थापनाको तयारी

जनपत्र
१६ मंसिर २०७७, मंगलवार ०६:३३

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–११, नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । हाल संग्रहालय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । मकवानपुरका ८ गाउँपालिका, १ नगरपालिका र १ उपमहानगरपालिका क्षेत्रमा बसोबास गरेका आदिवासी जनजातिको भेषभुषा, रीतिरिवाज, धर्मस“स्कृतिका झलक तथा उनीहरुले प्रयोगमा ल्याएका भा“डावर्तन र औजारहरु संग्रहालयमा राखिने शहीद स्मारक व्यबस्थापन विकास समिति कार्यालय प्रमुख  रामचन्द्र न्यौपानेले जानकारी दिए ।

जनजाति संग्रहालय गत वर्षबाटै सुरु गरिनेमा विविध कारण ढिलाइ हुन पुगेको न्यौपाने बताउ“छन् । उनले भने–जिल्लामा रहेका जनजातिको स“स्कृति जोगाउने मुख्य उद्धेश्यले संग्रहालय स्थापना गरिने निर्णय भएको हो । कोरोना कहरका कारण काम रोकिएका कारण थप केही समय लाग्न सक्छ ।

तर, सकेसम्म छिटै संग्रहालय स्थापना गर्नमा समिति लागि परेको छ । स्मारकको मनमोहक दृष्य अवलोकनका लागि आउने आन्तरिक तथा वाह्य पर्यटकका लागि थप विशेष पाटोका रुपमा संग्रहालय बन्ने न्यौपाने बताउ“छन् ।
स्मारकपरिसरमा शहीद अध्ययन अनुसन्धान केन्द्र स्थापना गरी शहीदको जीवनी र तिनले प्रजातान्त्रिक आन्दोलनमा पु¥याएको योगदानबारे सामग्री पनि राखिने भएको छ । शहीद स्मारकमा एउटै ठूलो ढुंगामा क“ुदिएको १२ शहीदको आकृति र छुट्टै चिडिया घर स्थापना गरिएको छ ।
स्मारकको उत्तरतिर प्रजातान्त्रिक तथा वामपन्थी आन्दोलनका नेता बीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको शालिक स्थापना गरिएको छ । शहीद स्मारको रमणीय मनमोहक दृष्यावलोकका लागि पर्यटकको भिड लाग्ने गर्दछ । लामो समयदेखि पर्यटक आवगमन ठप्प रहेको स्मारकमा दशैंपछि भने केही आन्तरिक पर्यटकको चाप बढेको पाइएको छ । बिस्तारै पुरानै स्थितिमा फर्कन सकिन्छ कि भन्ने थोरै आश पलाएको न्यौपाने बताउ“छन् । स्मारकमा हाल झोलुंगेपुल, थाहास्तम्भ, बुद्ध प्रतिमा, मनमोहन उद्यान, पौडीपोखरी, बनभोजस्थललगायत एकसिंगे गैंडाको प्रतिमा स्थापना गरी वाह्य र आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको न्यौपानेले बताए ।
स्मारकमा भारतका विभिन्न शहर तथा भुटान, श्रीलंका, पाकिस्तान, माल्दिभ्सलगायत देशका पर्यटक पनि अवलोकनका लागि आउने गरेका छन् । बन्दाबन्दी र निषेधाज्ञाका कारण स्मारकमा वाह्य एवम् आन्तरिक पर्यटक आउन नपाउ“दा समितिलाई आर्थिक संकट उत्पन्न भएको छ ।
कार्यरत् प्रशासनिक एवम् अन्य मजदुर, कर्मचारीलाई वडा दशैंमा पनि तलबभत्ता बा“ड्न कठिनाइ भएकाले अन्य स्रोतबाट ३० लाख ऋण लिएर बितरण गरिएको न्यौपानेले जानकारी दिए । समितिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा वाह्य र आन्तरिक पर्यटक गरी चार लाख १० हजार पर्यटकले स्मारक अवलोकन गरेको र त्यसबाट एक करोड २५ लाख आम्दानी गरिएको थियो ।

तर, चालु आर्थिक वर्षमा भने कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीको प्रभावले घाटा ब्यहोर्नुपरेको समितिले जनाएको छ । समितिलाई प्रभावकारीरुपमा सञ्चालनमा ल्याउन परिसरभित्र आन्तरिक पर्यटन सूचना केन्द्र, तालीम कक्ष, अतिथि भवन आदि निर्माण गर्ने सोच पनि रहेको जनाइएको छ । स्मारकपरिसरबाट उत्तरतर्फ रहेको पुण्यक्षेत्रको शक्तिपीठमा जान करिब दुई किलोमिटर सडक निर्माणका लागि प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय र उपमहानगरपालिकालाई समितिका तर्फबाट पत्राचार गरेको छ ।

स्मारकभित्र हरियाली वातावरण संरक्षण गरी जिल्लाका अन्य क्षेत्रमा रहेका पर्यटन स्थानको व्यबस्थापन गरी वाह्य पर्यटकको आवागमन बढाउन थानाभ¥याङदेखि भैरवडा“डा मनमोहन भ्युटावर र स्मारक जोड्ने थप सडक निर्माणका लागि बागमती प्रदेश सरकारलाई आग्रह गरिएको छ ।

तत्कालीन मकवानपुर जिल्ला विकास समिति र हेटौंडा नगरपालिकाको पहलमा २०५० वैशाख १५ गते स्मारक स्थापना गरिएको थियो । तत्कालीन जिविस सभापति वीरबहादुर लामाले स्मारक शिलान्यास गरेका थिए । तत्कालीन नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ माघ १७ गते स्मारक उद्घाटन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*