नगद र गहना लुकाएर चोरी भयो भन्दै प्रहरी कार्यालय पुगेकी महिला पक्राउ

जनपत्र
१५ मंसिर २०७७, सोमबार ०७:१४

घरमा चोरी भयो भन्दै प्रहरी कार्यालय पुगेकी महिला पक्राउ परेकी छन्। महानगरीय प्रहरी परिसर ललितपुरले सामान दराजमा लुकाएर चोरीको नाटक गर्ने महालक्ष्मी नगरपालिका १ की कान्छी पोडेलाई आइतबार पक्राउ गरेको हो। घरकै अर्को तलामा रहेको दराजमा सामान लुकाएर उनले चोरीको नाटक गरेर प्रहरीलाई हैरानी दिएको ललितपुरका प्हरी प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए।

पोडेको घरमा २६ लाख रुपैयाँ, एउटा २ तोला र अर्को १ तोलाको सुनको सिक्री, २ तोलाको हातमा लगाउने बाला, कानमा लगाउने झुम्का आधा तोलाको १ जोर, १ जोर ५ तोलाको चाँदीको पाउजु र २० तोलाको चाँदीको मन्दिर समेत चोरी भएको भन्दै सातदोबाटो बृत्तमा खबर गरेकी थिइन्। जानकारी प्राप्त हुनासाथ बृत्तबाट डीएसपीको कमाण्डमा प्रहरी खटिएको थियो। घटना स्थलमा प्रहरी पुग्दा ढोका फोडिएको, दराज फोडिएको, सामानहरु छरपष्ट अवस्थामा रहेको एसपी महर्जनले बताए।

तर घटनाबारे सुक्ष्म अनुसन्धान गर्ने क्रममा प्रहरीले सोही घर खान तलासी गरेको थियो। चोरी भएको भनिएको नगद तथा गहनाहरु सानु कान्छा पोडेकी श्रीमती कान्छी पोडेले पुजा कोठामा रहेको स्टिलको दराजको सेफ भित्र लुकाएको अवस्थामा प्रहरी टोलीले फेला पारेको थियो। सामान घरभित्रै फेला परेपछि प्रहरीले चोरी भयो भनि झुठा अफवाह फैलाएको भन्दै कान्छी पोडेलाई पक्राउ गरेको छ। उनीमाथि थप अनुसन्धान तथा कारबाही भई रहेको ललितपुर प्रहरी परिसरले जनाएको छ। नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*