प्रदेश नं १ प्रमुखलाई कोरोना सङ्क्रमण
काठमाण्डाै – प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई कोरोना सङ्क्रमण देखिएको छ । प्रदेश प्रमुख अधिकारीलाई शुक्रबार राति सङ्क्रमण देखिएको उहाँको प्रेस सल्लाहकार खेमराज अधिकारीले जानकारी दिनुभयो ।
प्रदेश प्रमुख अधिकारी र उहाँकी धर्मपत्नीको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उहाँहरु विराटनगरमा रहेकाे निवासमा होम आइसोलेशनमा बस्नुभएको छ ।






