मकवानपुरको राक्सीराङमा २२ किलो चरेश बनाउने धुलो बरामद

जनपत्र
१३ मंसिर २०७७, शनिबार २०:३१

हेटौंडा / मकवानपुर प्रहरीले लागुऔषध चरेश बनाउने गाँजाको धुलो बरामद गरेको छ । प्रहरी चौकी चैनपुरबाट प्रहरी सहायक निरिक्षक बिशाल तामाङको कमाण्डमा खटिएको टोलीले राक्सीराङ गाउँपालिका वडा नं. ३ औलेडाँडाबाट २२ किलो गाँजाको धुलो बरामद गरेको हो ।

गाउँपालिका वडा नं. ३ औलेडाँडास्थित २ जनाले बोकेर ल्याएको झोला गोरेटो बाटोमा छाडेर जंगलतर्फ फरार भएका थिए । सो झोलाहरु खोली चेक जाँच गर्दा लागु औषध चरेश बनाउन प्रयोग गरीने गाँजाको धुलो २२ किलो बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागुऔषध छोडेर फरार भएकाको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*