सिन्धुपाल्चोकमा आजदेखि भौगर्भिक अध्ययनको काम सुरु हुँदै

सिन्धुपाल्चाेक – सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोकका जोखिमयुक्त बस्तीहरुको आजदेखि भौगर्भिक अध्ययन सुरु हुने भएको छ ।
गएकाे साउन ३० गते ३९ जनाको ज्यान जाने गरी पहिरो गएको जुगल गाउँपालिकाको लिदी र त्यहाँबाट अस्थायी स्थानान्तरण गरिएको जुगल गाउँपालिकाकै बाँसखर्क लगायतका स्थानहरुको पहिलो चरणमा विस्तृत भौगर्भिक अध्ययन गर्न विशेषज्ञसहितको टोली खटिएको छ । टोलीले आजदेखि काम सुरु गर्न लागेको हो । सिन्धुपाल्चोकको पहिरोग्रस्त क्षेत्र बाह्रबिसेको खागदल, जम्बु र नागपुजे, भोटेकोशी र मेलम्ची क्षेत्रको समेत क्रमशः अध्ययन हुनेछ ।