मकवानपुरको भीमफेदी गाउँपालिकाले पुर्यायो दुर्गम गाउँमा सडक

जनपत्र
११ मंसिर २०७७, बिहीबार ०८:५९

भिमफेदी /उमेरले ७७ बर्ष पुगेका भिमफेदी गाउपालिका—८ महभिरका देवानसिं गोले निकै खुसी देखिन्थे । मंगलबार प्रतिनिधि सभा सदस्य बिरोध खतिवडा सहितको टोली गाउपालिकाको बिकट गाउँमा पुगेपछि उनले खुसी पोखे ।
सडक अभाबका कारण गाउँबाट बजारको कल्पना समेत हुदैन थियो अहिले सडक सञ्जालले गाउँलाई छोएको छ उनले खुसी हुदै भने ।

सडकसञ्जालले नजोडिएका कारण गाउँका कति मानिस मोटरै नदेखि बिते, कति समयमा उपचार नपाएर ज्यान गुमाए अब सडकसँगै गाउँमा खुसी आएको उनले बताए । ढल्कदो उमेरमा गाउँसम्म सडक आयो, अब गाडिसँगै अन्य सुबिधा गाउँसम्म आउछ भन्दै उनले खुसी व्यक्त गरे ।

सदरमुकाम टाढाको कुरा भिमफेदी सम्म पुग्नका लागि एकदिनको यात्रा गर्नुपर्ने बाध्यताबाट गाउले मुक्त भएका छन् । भिमफेदी गाउपालिकाले दुइ बर्ष लगाएर डेढ करोडको लागतमा गाउँसम्म बाटो पु¥याएपछि महभिर, बाह्घरे सहित गाउँका ३ सय घरका बासिन्दा लाभाम्बित भएका छन् । शहर सम्म पहँुच नभएका स्थानियले गाडिको समेत नदेखि बिते अब गाउँबाटै गाडि चढेर बजार सम्म आउने अवस्था बनेको छ ।

भिमफेदी—कोगटे—देउराली—सिस्नेरी सडक खण्डको भिमफेदी—७ मेलटारबाट पालिकाले ८ किलोमिटर लामो सडक निर्माण गरिदिएपछि गाउँलेको गाडि देख्ने र सवारी चढेर हिड्ने सपना साकार भएको हो । हामिले अहिले बाटो गाउसम्म आउने कल्पना समेत गरेका थिएनौं ६६ बर्षिय दिलबहादुर घलानले भने । गाउँ सम्म जाने सडक खण्डमा पर्ने चक्कुभीर चिरेरै बाटो गाउँसम्म बाटो आउँने कुरा सोचेका पनि थिएनौं, उनले भने ।

हिड्नपनि मुस्किल हुने भिर काटेर पालिकाले बाटो निर्माण गरेपछि गाउमा सवारीसँगै गाउँको उत्पादन शहर सम्म ल्याउने अवस्था बनेको छ । बोकेर स्वास्थ्य सस्था सम्म लैजान नसक्दा कति बिरामिले उपचारको अभाबमा ज्यान गुमाएको वडा सदस्य सिता थिङले बताइन् । उनले भनिन् ‘अब व्यथै ज्यान गुमाउनु पर्ने अवस्थाबाट गाउँले मुक्ती पाएका छन् ।’ पालिकाले निर्माण गरिदिएको सडकका कारण अब बिरामि बोकेर हिड्नुपर्ने बाध्यता टरेको छ, अब गाउँसम्म एम्बुलेन्स आउछ उनले बताइन् । बाटो गाउँमा पुगेसँगै केहि दिन अघि स्थानियले आफ्नो बारीमा उत्पादन भएको केराउ, सिमी बिक्री गरेर आर्यआर्जन गरेको उनले बताइन् ।

जनताले सेवा लिनका लागि पालिका सम्म आउने वाताबरण तयार गर्नका लागि सबै वडाकार्यालय सम्म सडक पु¥याउने गरी काम भैरहेको अध्यक्ष हिदम लामाले बताए । सडक नभएका कारण सेवा लिनबाट जनतालाई बञ्चीत गराउन हुदैन भन्ने लक्ष्यका साय हामिले काम गरीरहेका छौं उनले भने । सडक सञ्जालले गाउलाई समेटने अभियानमा पालिका रहेको भन्दै अब चाडै ट्रयाक खोल्ने काम सकेर स्तरीकरणको काम गर्ने योजना पालिकाले बनाएको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*