मकवानपुरको भिमफेदी–कागटे–इपा सडक निर्माण हुँदै, दुइवटा पुल निर्माणको काम पनि सुरु

जनपत्र
११ मंसिर २०७७, बिहीबार ०८:४२

हेटौंडा । मकवानपुरको भिमफेदी–कागटे–इपा, सिस्नेरी सडक निर्माणको काम भइरहेको छ । संघीय सरकारको सहयोगमा सडक निर्माणको काम संगै पुल निर्माण पनि भइरहेको हो । मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाको पहलमा यस क्षेत्रमा २६ मिलोमिटर सडक निर्माण भइरहेको छ । नाली सहित पक्की सडक निर्माण गर्न लागिएको हो ।

दुइवटा पुल निर्माणको कामसंगै भीमफेदीको कोगटेमा दुइवटा पुल निर्माणको काम पनि भइरहेको छ । यस क्षेत्रमा निर्माण हुँदे गरेको सडक र पुल निर्माणको सांसद खतिवडा र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले अनुगमन गर्नु भएको छ । अनुगमनका क्रममा सडक र पुल निर्माणको काम दु्रत गतिमा अगाडी वढेको पाइएको छ ।

यस सडक निर्माण गर्नका लागि २६ करोड रुपैयाँमा ठेक्का मार्फत काम भइरहेको हो । नाली निर्माण सहित २६ किलोमिटरमा नौ किलोमिटर पीच निर्माणको काम हुने सांसद खतिवडाले वताउनुभयो । एक वर्ष अगाडी टेण्डर भएर निर्माण कार्य भइरहेको उहाँले वताउनुभयो । यसै योजना अनुसार दुइवटा पुल पनि निर्माणको काम सुरु भएको छ । दुइवटा पुल ८ करोडमा निर्माण गर्न लागिएको उहाँले वताउनुभयो । भिमफेदीको कोगटेखोलामा पुल दुइ स्थानमा २ वटा पुल निर्माण गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*