लैंङ्गिक हिंसा अन्त्यको प्रतिवद्धता सहितको अभियान हेटौंडामा सुरु

हेटौंडा । लैंङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः ब्यक्ति समाज र सवैको ऐकेबद्धता भन्ने मुल नाराकासाथ महिला हिंसा विरुद्धको १६ दिने अभियान हेटौडामा सुरुभएको छ । अभियानको सुरुवात गर्दै हेटौडा उपमहानगरपालिकाका मेयर हरी बहादुर महतले महिला विरुद्ध हुने हिंसाको अन्त्य गर्न सवै एक जुट हुनुपर्ने बताउनुभयो ।
उपमहानगरपालिकाको मुल गेटमा टागिएको ब्यानगरमा म हिंसा गर्दिन, म हिंसा सहन्न र म हिंसाको प्रतिकार गर्छु, भन्ने नारा उल्लेख गरिएको छ । कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामा प्रमुख प्रशासकिय अधिकृत नवराज घिमिरे महाशाखा प्रमखु विष्णु कुमारी लामिछानेको अतिथ्यता रहेको थियो ।