हेटौंडा स्थायी राजधानी भएसंगै बागमती प्रदेशसभाको सभाहल शिलान्यास

४ करोड ३७ लाख २४ हजार रुपैयाँ लागतमा प्रदेशभाको हल निर्माण गर्न लागिएको हो ।
जनपत्र
१० मंसिर २०७७, बुधबार ११:२४

हेटौंडा । बागमती प्रदेशको स्थायी राजधानी हेटौंडा भएसंगै प्रदेशभाको सभाहल निर्माणको काम आजबाट सुरु भएको छ । कुल ४ करोड ३७ लाख २४ हजार रुपैयाँ लागतमा प्रदेशभाको हल निर्माण गर्न लागिएको हो ।

हेटौंडा १० टिसिएनमा रहेको प्रदेशसभा भवनसंगै हल पनि निर्माण गर्न लागिएको हो । सभाहलको आज प्रदेशका सभामुख सानुुकुमार श्रेष्ठले शिलान्यास गर्नुभयो । २ सय ५० जना अट्ने क्षेत्रमताको सभाहल एक सय ४० मिटर लम्बाइ र ८० फिट चौडाइ रहेको छ । भवनको शिलान्यास गर्दै सभामुख श्रेष्ठले यो सभाहल शिलान्यास गर्न पाउँदा खुसी लागेको वताउनुभयो ।

समय भन्दा अगाडीनै काम सक्नका लागि उहाँले निर्देशन समेत दिनुभयो । प्रदेशका सबैजसो भवन एकै स्थानमा बनाउने तयारी रहेको उहाँले वताउनुभयो । कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयालले तीन तहकै सरकार मिलेर काम गरेर देखाउने चरणमा लागेको वताउनुभयो ।

हरेक विकास निर्माणका काम तीन तहका सरकार र जनसहभागितामा काम दु्रत गतिमा अगाडी वढेको वताउनुभयो । कार्यक्रममा बागमती प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्र बहादुर बानियाँले अहिलेकै सांसदले प्रयोग गर्न सक्नेगरी छिटो सभाहल निर्माण सक्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेशका उपसभामुख राधिका तामाङ, प्रदेशसभाका सदस्यहरु, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुणासैनी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना कुमारी लामा लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*