नेपाल उद्योग वाणिज्य महासंघको अधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर

जनपत्र
१० मंसिर २०७७, बुधबार ०६:१२

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर साहले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । साहले महासंघको अधिवेशन स्थापित मान्यता र विधान विपरित हुन गैरहेको भन्दै रोक्न माग गर्दै रिट दायर गरेका छन् ।

साहले यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पनि अधिवेशन रोक्न माग गर्दै निवेदन दिएका थिए । उक्त निवेदनमाथि सुनुवाइ नभएको भन्दै उनी सर्वोच्च अदालत गएका हुन् । अधिवेशनका उद्घाटन यही ११ गते हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*