मकवानपुरमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि

जनपत्र
९ मंसिर २०७७, मंगलवार १७:५०

हेटौंडा । मकवानपुर जिल्लामा आज थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडामा ९ जना र मनहरीमा एक जनामा कोरोना संक्रमण देखा परेको हो । संक्रमित मध्यमा ३ जना महिला र ७ जना पुरुष रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।

हेटौँडा-१० मा रहेको कोरोना परिक्षण प्रयोगशालामा  गरिएको ५६ जनाको स्वाब  परीक्षणमा १० जनामा कोरोना पुष्टि भएको हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*