हेटौंडाकै बिकट बंगेरीमा सामुदायिक सिकाइ केन्द्र खोलेर चेपाङ बालबालिकालाई पढाइने

जनपत्र
९ मंसिर २०७७, मंगलवार १७:४२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ बंगेरीका ३० जना चेपाङ बालबालिकाले अव पढ्न पाउने भएका छन् । टाढा विद्यालय भएका कारण बंगेरीका चेपाङ बालबालिकाहरु पढ्नबाट बन्चित भएकाले त्यस क्षेत्रमा सामुदायिक सिकाई केन्द्र खोल्न लागिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

बंगेरीका चेपाङ बालबालिकालाई पढाउनका लागि तत्काल सामुदायिक सिकाइ केन्द्र खोलेर पढ्न पाउने अधिकार दिलाउन लागिएको मेयर महतले वताउनुभयो । हेटौंडाकै अत्यन्त विटक बंगेरीमा रहेका धेरै खालका समस्या परेको जानकारी पाउने वित्तिकै मेयर महतको नेतृत्वमा त्यस क्षेत्रको अनुगमन गरिएको थियो ।

आजको शिक्षा समितिको बैठकले त्यस क्षेत्रमा शिकाइ केन्द्र खोलेर आवस्यक बजेट व्यावस्थापन गर्ने निर्णय गरेको हो । यस क्षेत्रका चेपाङ बालबालिका बिद्यालय टाढा भएकै कारण बषौं देखि पढ्नबाट बन्चित रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*