जिससद्धारा राक्सिराङ गाउँपालिकामा अस्पताल निर्माणका लागि ५० लाख सहयोग

जनपत्र
९ मंसिर २०७७, मंगलवार ०८:०१

मकवानपुर– जिल्ला समन्वय समिति ९जिसस० मकवानपुरले राक्सिराङ गाउँपालिकालाई अस्पताल निर्माणका लागि ५० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । गाउँपालिकाको वडा नम्बर ५, ठाडेचुरी स्थित स्थास्थ्य संस्था भवन निर्माणका लागि जिससले अनुदान सहयोग गर्न लागेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको ७० औं बोर्ड बैठकले गाउँपालिकामा अस्पताल निर्माणका लागि ५० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुभयो ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९, कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले निर्माण गर्न लागेको स्वास्थ्य संस्था भवनका लागि जिससमा रहेको मौजदात कोषबाट ५० लाख रुपैयाँ अनुदान सहयोग गर्न लागिएको उहाँले बताउनुभयो । मौजादकोषबाट कोष सञ्चालन निर्देशिका बमोजिम गाउँपालिकासंगको लागत साझेदारीमा कार्य हुने गरि अनुदान रकम उपलब्ध गराईने प्रमुख खुलालले बताउनुभयो ।

बैठकले पाचौं जिल्ला सभाबाट पारित र नीति कार्यक्रम कार्यनयन र बजेट परिचालनको लागि व्यवस्थित कार्यतालिका बनाई कार्यन्वयनमा लैजाने निर्णय गर्नुका साथै २०४९ सालको स्थानीय निर्वाचनमा मकवानपुर जिल्लाको जिल्ला विकास समिति सभापतिमा निर्वाचित, २०५६ सालको आम निर्वाचनमा मकवानपुर जिल्ला क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा निर्वाचित माननीय वीर बहादुर लामाको निधन प्रति शोक व्यक्त गर्ने निर्णय गरेको छ ।

उहाँको २०७७ कार्तिक २३ गते हुन गयको दुखद निधनप्रति गहिरो शोक व्यक्त गर्दै स्व. लामाले निर्वाचित जनप्रतिनिधिको हैसियतले खेल्नु भएको भुमिका र पु¥याउनु भयको योगदानको उच्च सम्मानकासाथ जिसस बोर्ड बैठकबाट स्व. लामा प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै, सोक सन्तप्त परिवारजनमा हार्दिक संवेदना प्रकट गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*