इलामको सन्दकपुरमा सशस्त्रको ‘बीओपी’ स्थापना

जनपत्र
९ मंसिर २०७७, मंगलवार ०६:२८

इलाम जिल्लाको सन्दकपुर गाउँपालिका-५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट ९बीओपी० जौवारी स्थापना भएको छ। नम्बर एक प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषिराज्य मन्त्री राम रानाले सोमबार आयोजित एक समारोहका बीच उक्त बीओपीको उद्घाटन गरेका हुन्।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण ईलाम मातहतमा स्थापना भएको सो बीओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रणलगायतका विविध काम कारबाहीहरूमा परिचालित हुनेछ।

ईलाम सदरमुकामदेखि करीब ३९ किलोमिटरको दूरीमा नेपाल-भारत सीमानाकाभन्दा करीब १ किलोमिटर वर स्थापना गरिएको उक्त बीओपीमा सोमबारबाट नै दैनिक कार्य सुचारु गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*