मकवानपुरको मनहरीबाट ४६ किलो गाँजा सहित एक जना पक्राउ

जनपत्र
८ मंसिर २०७७, सोमबार १६:४०

हेटौंडा । मकवानपुरको मनहरीबाट ४६ केजी गाँजा सहित एक जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा खटिएको टोलिले ४६ केजी गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले मनहरी गाउँपालिका वडा नंम्बर ८ सिम्पानी स्थीत पुर्व पश्चिम लोक मार्ग सडक खण्डमा जिल्ला मकवानपुर कैलाश गाउँपालिका वडा नं ७ बस्ने बर्ष २३ को तिर्थराज चेपाङलाई गाँजा सहित फत्राउ गरेको हो ।

उनले कालो झोला बोकी जमिनमा जेव्रा झोला र प्लास्टीकको बोराको पोकाहरु लिई शंकास्पद अवस्थामा बसीरहेकोमा निजको शरीर तथा निजले बोकेको झोला बोराको पोकाहरु चेक गर्दा लागु औषध गाँजा ४६ किलो फेला परेको हुँदा गाँजा सहीत तिर्थराज चेपाङलाई पक्राउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*